काठमाडौँ, भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी भदौ ३१ राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी दिएकी छन् ।
मन्त्रिपरिषद् बैठकले आइतबार दुवै सदन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९२ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/ ५/ ३० को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमबार राति १२ :०० बजेदेखि अन्त्य गर्नुभएको छ- ’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।