२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

माओबादी अवरोध हट्यो  : ' आज संसद सूचारु, राती १२ बजेदेखि अन्त्य '

सोमवार , भाद्र ३१, २०८१

 

काठमाडौँ,  भदौ  ।  नेकपा माओवादी केन्द्रले सोमबार प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने भएको छ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अघि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मा‌ओवादीले अवरोध हटाउने बताएको हो । 

सभामुख घिमिरेको सचिवालयका अनुसार माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघ भ्रमणमा जाने विषयमा गर्ने सम्बोधनलाई अवरोध नगर्ने बताएका हुन् ।

यसअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी युद्धलाई  ' हिंसा ' भनेकोमा भने आफूहरूको आपत्ति कायमै रहेको प्रमुख सचेतक पाण्डेले बताएका छन् ।

पाण्डेको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयले भन्यो, 'हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौँ तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न अवरोध गर्दैनौँ । सभामुखको विरोधमा छैनौँ । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।'

प्रधानमन्त्री ओलीको सम्बोधन र सहकारी ठगीमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि संघीय संसद्‍को चालु अधिवेशन आजैदेखि अन्त्य हुँदैछ । 

आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार