काठमाडौँ, भदौ । सरकारले संघीय संसद्को चालु अधिवेशन सोमबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते राति १२ बजेदेखि दुवै संसद्का चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
संसद् बैठक आह्वान र अन्त्य गर्ने काम सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान छ । चालु बजेट अधिवेशन वैशाख २८ देखि सुरु भएको हो ।