काठमाडौँ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रानिितक स्वतन्त्रता र जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिने अवस्था नरहेको बताएका छन् ।
सम्बाद केन्द्रद्धारा जननायक विश्वेश्वरप्रसाद कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक छलफल कार्यक्रममा प्रम’ख अतिथीका रुजमा बोल्दै नेता सिटौलाले भने, 'बिपीले भने जस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुन्छ ।'
आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,' उनले थपे ।'
कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको पनि उनको भनाइ थियो ।
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिटौलाले कांग्रेसले विसं २०४६ देखि नै कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन नेतृत्व गरेको बताए । उनले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताए ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले कांग्रेसको विधानले बिपी कोइरालालाई स्पष्ट रुपमा चिनेको बताइन् । बिपी कोइरालाले दिएको विचार र आदर्शबाट पार्टी अहिले अगाडि बढेको उनको भनाइ थियो ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले बिपी कोइरालाले अगाडि सारेको लोकतान्त्रिक समाजवादको नीतिका कारण संविधानमा हरेक जातजाति र समुदायको प्रतिनिधित्व भएको उल्लेख गरिन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बिपीले देखेको लोकतान्त्रिक समाजवादको सपना कांग्रेसले पूरा गर्दै लगेको बताए ।
सो कार्यक्रमका अवसरमा कोशी प्रदेशका यातायात तथा भौतिक योजना मन्त्री भपेन्द्र राई, गण्डकी प्रदेश सभासद् जीतबहादर शेरचन तथा ईन्दिरा निरौलाले मन्तब्य राखेका थिए ।