२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

 प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिँदै भने  : " कामलाई तीव्र पार्नूस् "

बिहिवार , भाद्र २७, २०८१

 

काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सहज र विश्राम गर्ने सुविधा नरहेको बताएका छन । उनले मन्त्रीहरुलाई तीव्रताका साथ काम कारबाही अघि बढाउन  निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई उक्त निर्देशन दिएका हुन् । उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको पनि बताए ।

हामीसँग ढिलो काम गर्ने, अलमल  तथा विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तीव्र गतिले काम अघि बढाउनुपर्ने छ । 

'हाम्रो गतिमा तीव्रता चाहिन्छ । काममा योजनाबद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ,' प्रधानमन्त्रीको निर्देशन थियो ।

मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको भन्दैपनि आग्रह गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार