२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

स्थानीय तहका प्रतिनिधि  : ' कांग्रेसका उत्कृष्ट काम गर्नेलाई सम्मान गर्ने '

बुधवार , भाद्र २६, २०८१

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई सम्मान गर्ने भएको छ ।  पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेका २१ वटा गाउँपालिका र नगरपालिकालाई कांग्रेसले सम्मान गर्न लागेको हो ।

केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले कांग्रेसले जितेका देशभरका ३२९ स्थानीय तहमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्न लागेको हो ।

ती गाउँपालिका र नगरपालिकाहरूलाई बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको उक्त विभागका प्रमुख आचार्यले जानकारी दिए ।

२०७९ को निर्वाचनमा कांग्रेसले देशभरका ३२९ स्थानीय तहमा प्रमुखरअध्यक्ष र ३०१ स्थानीय तहमा उपाध्यक्षरउपप्रमुख जितेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार