२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेपाली कांग्रेस 

सहकारी प्रकरण : " संसदीय समितिलाई कांग्रेसकाे लिखित सुझाव "

मंगलवार , भाद्र २५, २०८१

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसको सहकारी विभागले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई लिखित सुझाव बुझाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले पार्टीका तर्फबाट संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापालाई मंगलबार लिखित सुझाव बुझाएका हुन् ।

कांग्रेसको सहकारी विभागले सातवटै प्रदेशमा पुगेर संकलन गरेको सुझावलाई समिति समक्ष बुझाएको कांग्रेस सहकारी विभाग प्रमुख कँडेलले बताए ।

सहकारीका बचतकर्ता अधिकांश गरिब र विपन्न परिवारका भएको र उनीहरूले बचत गरेको रकम दुरुपयोग गरिएकाले दोषीलाई अविलम्ब कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने पनि माग गरिएको छ ।

संसदीय छानबिन विशेष समितिलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको विभागका प्रमुख कँडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार