२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वीपी जन्मजयन्ती

 सभापति देउवाले भने  : " कांग्रेसलाई सुदृढ बनाउन वीपीका विचार अनुसरण गरौँ "

सोमवार , भाद्र २४, २०८१

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाली लेखक संघ काठमाडौँ शाखाले वीपी सङ्ग्रहालय सुन्दरीजलमा गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताउका हुन । 

सभापति देउवाले  वीपीले प्रजातन्त्रका लागि गरेको संघर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए ।

वीपीले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना, नेपालको दिगो विकास र नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई देशव्यापीरुपमा प्रचार प्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न उनले निर्देशन दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार