काठमाडौं, भदौ । नेकपा (एमाले) ले नेपाली कांग्रेससँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि बसेको पोलिटब्युरो बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले सो कुरा बताए ।
गौतमले भने, ' संविधान संशोधनको बारेमा जति पनि कुरा उठे, यसका सन्दर्भमा संविधान पुनरवलोकन गर्ने र पुनरवलोकनको आधारमा कहाँ कहाँ संशोधन गर्ने ?' त्यहाँ संशोधन गरेर अगाडि बढाउने भन्ने विषयमा नेपाली कांग्रेससँग भएको सहमतिलाई कार्यान्वयन गरेर अगाडि बढाउँछौं ।
उनले कांग्रेस एमालेबिच भएको सातबुँदे सहमति अनुसार गठन भएको सरकारलाई निरन्तरता दिने र परिणाममा पुर्याउने बताए ।
उनले भने, सरकारको सन्दर्भमा अहिले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएका सातबुँदे सहमति अनुसार जुन सरकार बनेको छ, यो सरकारको निरन्तरता र यो सरकारलाई परिणाममा पुराउने ।
जुन उद्देश्यले यो सरकार गठन भएको छ, खासगरी मुलुकको आर्थिक अवस्थालाई एउटा लयमा फर्काउनका निम्ति भएका प्रयासलाई कमिटीले धन्यवाद उनका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले - कांग्रेसबिच सहमति गरेर स्थायीत्व, स्थिरता, अर्थतन्त्र लयमा फर्काउने विषयमा जनतालाई आश्वस्त बनाइएको विषयमा जोड दिउका छन ।
बैठकमा एमाले महासचिव शंकर पोखरेलले एमाले बलियो राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।