२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीय संसद्‍‌ अधिवेशन

दुवै सदनको बैठक बस्दै  : " आजका छलपलका सूचि यस्ता छन  "

संसदीय छानबिन समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव राखिँदै

मंगलवार , भाद्र १८, २०८१


काठमाडौँ, भदौ  । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा संसदीय छानबिन विशेष समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव राखिँदैछ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी सो प्रस्ताव प्रस्तुत गर्छन् ।

साथै आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइनेछ । 

शहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । 

खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति आयोगको आ।व। २०७९÷८० को चौथो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । 


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार