२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

महामन्त्री शर्माको प्रस्ताव  :   'सभापतिजी त्याग गर्नुस्, नयाँलाई प्रधानमन्त्री बनाऔँ'

दिए छ जना बरिष्ठ नेताको नाम

आइतवार , भाद्र १६, २०८१

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा आफैंले अब प्रधानमन्त्री पद त्याग गर्नुपर्ने बताएका छन् । 

उनले सभापति देउवाले अब आफू प्रधानमन्त्री बन्न नहुने, बरू आफ्नै पुस्ताको अर्को कोही नेतालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर राजनेता बन्न प्रस्ताव गरे । 

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री शर्माले देउवाले नेपालको पाँचपटक प्रधानमन्त्री हुँदासम्म पार्टी र देशका लागि आफूले सक्ने सबै काम गरिसकेको भन्दै अब त्याग गरेर राजनेता बन्न सुझाव दिएका हुन् ।

उनले अबको प्रधानमन्त्रीका लागि आफ्नै पुस्ताका कोही नेतालाई अघि सार्न भन्दै छ जना नेताहरूको नाम समेत लिएका थिए ।

'सभापति देउवा अब प्रधानमन्त्री बन्नुहुन्नँ । अब उहाँले आफ्नै पुस्ताको अर्को कोही नेतालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुपर्छ  ित्यसका लागि हामीसँग प्रतिनिधिसभामा एक से एक नेताहरू हुनुहुन्छ ।' 

हामीसँग डा. शेखर कोइराला हुनुहुन्छ । विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र अर्जुननरसिंह केसी पनि हुनुहुन्छ,' महामन्त्री शर्माले बैठकमा भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'उहाँहरू पनि उत्तिकै अनुभवी र दक्ष पनि हुनुहुन्छ ।' 

उहाँहरुमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने - एक, ' सभापतिको त्याग देखिन्छ'  । दुई - 'उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ ।'  तीन - 'पार्टी र मुलुकको नेतृत्वमा नयाँ अनुहार हुन्छ ।'

 कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार