२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ 

डेंगु सङ्क्रमण देशभर : ' छ हजारभन्दा बढीमा डेंगु पुष्टि '

बागमती र गण्डकी प्रदेश बढी प्रभावित

आइतवार , भाद्र १६, २०८१

 

काठमाडौँ, भदौ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको  जनाएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तथ्याङ्क  पेश गर्दै भनेको छ, देशका ७५ जिल्लाबाट छ हजार ३४७ जनामा डेंगु पुष्टि  भएको छ भने तीन जना सङ्क्रमितको मृत्यु भएको छ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले अनुसार तनहुँमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ।

सोही जिल्लामा एक हजार ११६, कास्कीमा ६४५, पर्वतमा  ५८७, चितवनमा ५१७, काठमाडौँमा ५११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी गोरखामा २४५, झापामा १६३, मकवानपुरमा ११४, भोजपुरमा १०३, पाल्पामा १०१ जनामा डेंगु पुष्टि भएको ईडिसिडीले स१चारकर्मीलाई जानकारी दिएका छन । 

सबैभन्दा बठी  बागमती र गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण पुष्टि भएको जनाइएको छ। 

बागमती प्रदेशमा एक हजार ६२३, गण्डकी प्रदेशमा दुई हजार ९५४, कोशी प्रदेशमा ७९१, लुम्बिनी प्रदेशमा ४४४, सुदूरपश्चिम प्रदेशमा ३४२, मधेश प्रदेशमा एक सय जनामा जनामा डेंगु पुष्टि भएको छ।

चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार