काठमाडौँ, भदौ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरूको समाधान गरिरहेको बताएका छन ।
उनले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको जानकारी दिएका छन ।
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनाएको भन्दै रकारले सात बुँदे समझदारी अनुसार सुशासन लगायतमा काम गरिरहेको बताए ।
उनले भने, ‘‘ उपभोक्ताको जीवनलाई सहज गर्न अहिले बजारमा देखिएका आपूर्ति प्रणालीमा देखिएका कमी कमजोरीहरू छन्, यसमा प्रस्ट पारेपछि सरकारले आफ्ना काम कार्यान्वयन गराउन बाटो दिन्छ । ’’
‘‘ काँग्रेस र एमाले मिलेर बनेको सरकारले सातबुँदे समझदारी अनुसार सुशासन दिनेदेखि हरेक कुरामा यो भन्दा अगाडिको भन्दा वेटर गर्न, सुधार गर्न हामीले अहिले काम अघि बढाउँदै छौँ ।’’
उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्न वर्तमान सरकार बनेको बताए ।