२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सहकारी ठगी प्रकरण 

रविमाथि नौ घण्टा बयान  : "  इन्कारी बयान दिए, नउम्कने संकेत "

' ऋण लिने र दिने दुवै कार्यमा संलग्न छैन '

शनिवार , भाद्र ८, २०८१

 

काठमाडौँ, भदौ । सहकारी ठगी प्रकरणमा छानबिन विशेष समिति समक्ष तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको भन्दै इन्कारी बयान दिएका छन् । 

शुक्रबार ९ घण्टासम्म चलेको बयानमा उनले इन्कारी बयान दिएका हुन् । दिउँसो साढे ३ बजेबाट शुरू भएको बयानमा उनले आफू ऋण लिने र दिने दुवै कार्यमा संलग्न नभएको भन्दै इन्कारी बयान दिएका हुन् । 

शनिबार बिहान १ बजेर १५ मिनेटमा सकिएको बयानमा रविले सबैजसो इन्कारी दिएका समितिका एक सदस्यले जानकारी दिए । बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु रहेका थिए । 

समितिमा सोधिएका प्रश्नको जवाफमा लामिछानेले आफ्नो नाममा कहाँबाट कसरी रकम जम्मा भयो भन्ने कुरा जीबी रार्ईलाई थाहा हुने भन्दै रार्ईलाई देखाएर पन्छिएका छन् । 

समिति सभापति सूर्यबहादुर थापाले सञ्चारकमीलाइ भने,  लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी  नरहेको बताए । 

‘सोधपुछको क्रममा उनले आफ्नो सहकारीसँगको, गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताए । जीबी रार्ईसँगको चिनजानका बारेमा, जीबी रार्ईको व्यावसायिक संलग्नताका बारेमा बताएका छन ।  

करिब ५० वटा प्रश्नहरूउहाँसँग सोधिएका छन् । विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएको भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकता सहितका चिजहरू त्यहाँ समावेश नभएको अहिलेसम्म ती कुराहरू राखे । 

कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी रार्ईलाई थाहा हुने विषय राखेका छन,’ सभापति थापाले भने । 

बयानमा रवि लामिछानेले बुटवलको सुप्रीम सहकारी, चितवनको सहारा सहकारी, पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्ण लक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएका आफ्नो नाममा खडा गरिएको ऋण, आफ्नो नाममा प्रवाह गरेको भनेको रकम ती सन्दर्भमा आफ्नो हस्ताक्षर आफ्नो कागजात नागरिकता समावेश नभएको बताएर उम्किन खोजेका थिए ।

रवि आफू संस्थाको प्रबन्ध निर्देशकको रुपमा आफ्नो प्रशासकीय आन्तरिक काममा संलग्न भएको तर कार्यकारी प्रमुखका रुपमा आर्थिक सहयोग जुटाउने लगायातका कामहरु जीबी राईले गर्ने गरेकाले कहाँबाट कसरी रकम आयो भन्ने कुरा जीबी रार्ईलाई थाहा हुने कुरा बताए । 

तर उनकै नाममा ऋण प्रवाह भएको भन्दै कुमार रम्तेल, रोशनी गुरुङ, भविश्वर अर्यालले बयान दिएको स्रोतको दाबी छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेस्की रकमहरू लामिछानेकै नाममा जारी भएको हो र बयान दिएको स्रोतको दाबी छ । 

भविश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेलसमेतले सो बयान दिएपछि उनले समितिमा ‘उहाँहरुले किन त्यसो भन्नु भएको हो थाहा नभएको’ भन्दै पन्छिएका थिए ।

कानून थाहा थिएन भन्न पाइन्न । कानून थाहा थिएन भनेर अपराध गर्न पनि पाइँदैन र ढाकछोप गर्न पनि पाइँदैन । त्यसवापत पनि कानून लाग्छ । 

रविले कति सजिलै मलाई थाहा थिएन भनेर तर्किन खोजेका छन् । यही तर्किएबाटै उनी झन् आफ्नै बयानले दोषबाट मुक्त नहुने स्पष्ट हुँदैछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार