२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तनहुँ बस दुर्घटना  :   ' ४३ सवार,  मृतकको संख्या २७ पुग्यो '

शुक्रवार , भाद्र ७, २०८१

 

तनहुँ, भदौ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  

यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गरे। 

प्रवक्ता थापाका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए। दुर्घटनाका गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। 

घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ। बस शुक्रबार बिहान ११ :३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार