काठमाडौँ, भदौ । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा आशा पलाएको दाबी छन् । उनले दुई ठूला दल एक ठाउँमा उभिँदा मुलुकका समस्या समाधान गर्न सहज भएको बताए।
‘कांग्रेस–एमालेको मिलनले जनतामा सरकारप्रति विश्वास बढेको छ,’ शुक्रबार बिहान जनकपुरमा जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास समारोहमा गृहमन्त्री लेखकले भने, ‘दुई ठूला दलको समीकरणले बनेको सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको छ ।’
गृहमन्त्री लेखकले १८ वर्षदेखि संक्रमणकालीन न्याय सम्बन्धी मामिला निष्कर्षमा पुगेको बताए ।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले सरकार निर्माणका लागि मात्रै एक ठाउँमा नआएर देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्यालाई समाधान गर्ने अभिप्रायले समीकरण बनेको बताए ।
उनले भने, ‘केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक स्थायित्व पाएन, यसले सेवा प्रवाहलाई समेत प्रभावित गर्यो ।’