२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सभामुख  - दलका प्रमुख सचेतक बैठक

सभामुखले भने  : ' प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाऔँ '

प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने

बुधवार , भाद्र ५, २०८१

 

काठमाडौँ, भदौ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकसँग छलफल गरेका छन । 

सभामुख घिमिरेले बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकसँग छलफल गरेका छन ।  

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ। 

सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकलाई ध्यानाकर्षण गराएका छन ।  त्यसैगरी समितिका बैठक प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको बताए । 

उनले  भने, प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकमाथि छलफल गर्न ध्यानाकर्षण गराउनुभएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमलाई व्यवस्थित गर्ने सन्दर्भमा सभामुखसँगको छलफल केन्द्रित भएको बताए । 

बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिहीबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी काम, कारबाहीको विषय टुंग्याउने बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार