२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 प्रधानमन्त्री मोदी - परराष्ट्रमन्त्री राणा  भेटवार्ता

" द्विपक्षीय सहकार्य बलियो बनाउन छलफल " :  नेपाली दूतावास

सोमवार , भाद्र ३, २०८१

 

काठमाडौँ, भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी उनले सोमबार बेलुकी नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् ।

उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त शिष्टाचार भेटमा दिल्लीस्थित भारतका लागि नेपाली कार्यवाहाक राजदूत सुरेन्द्र थापा पनि उपस्थित थिए ।

उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन् ।

भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट मोदीसहित, विदेशमन्त्री एस। जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए ।

राणाले सोमबार दिउँसो समकक्षी विदेशमन्त्री एस। जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार