२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

परराष्ट्रमन्त्री राणा : ' भारतको भ्रमणका लागि नयाँदिल्ली प्रस्थान '

आइतवार , भाद्र २, २०८१

 

काठमाडौँ, भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन् ।

परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयको भनाइ छ ।

नयाँदिल्लीमा राणले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रमको गृहकार्य भए पनि ठोस नतिजा भने आइसकेको छैन । 

दिल्लीस्थित नेपाली दूतावासले भेटवार्ताको लागि भारतीय विदेश मन्त्रालयसँग मिलेर प्रधानमन्त्री कार्यालयसँग कुराकानी गरिरहेको परराष्ट्र स्रोतले बतायो ।

मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरे । 

मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।

मन्त्री राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परा अनुसार नै भएको मन्त्रायले जनाएको छ । राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार