२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री ओली -  सभापति देउवा भेट

प्रधानमन्त्री ओली भन्छन  : ' सरकारका काम र राजनीतिक विमर्श भए'

शनिवार , भाद्र १, २०८१

 

काठमाडौँ, भदौ । देशको अवस्था गम्भीर र जनतामामा चरम असन्तुष्ट बढ्दै गएपछि दुई ठूला र सत्तारुढ दलका नेताबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता भएको हो ।  भेटमा 
सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको जनाइएको छ। 

आज शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराएका छन । 

भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन,-  ‘‘आज शनिबार ।  नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो।' 

' केही जानकारी आदान प्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’
  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार