२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रियसभा बैठक बस्दै

छलफलको कार्यसूचिमा प्रश्नोत्तर  : " प्रधानमन्त्रीसहित तीन मन्त्रीले जवाफ दिँदै "

बिहिवार , श्रावण ३१, २०८१

 

काठमाडौं, साउन  । सरकारले आज राष्ट्रिय सभामा जवाफ दिने कार्यक्रम रहेको छ । दिउँसो १ः१५ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको हो । 

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, उर्जा मन्त्री दीपक खड्का र संस्कृति तथा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले जवाफ दिने कार्यसूची रहेको छ । 

सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने छन् । । 

बैठकमा सम्बन्धित मन्त्रालयसँग विषयगत मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार