२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 ' सरकारले समाजमा देखिएका निराशा कामबाटै चिर्छ ' : उपप्रधानमन्त्री सिंह

शनिवार , श्रावण २६, २०८१

 

काठमाडौँ, साउन । सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन । 

काठमाडौँ क्षेत्र नं १ मा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए । 

उनले अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेकाले राजनीतिक निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए । 

‘‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने, काम गरेर देखाउने र डेलिभरेन्स दिने छ, ’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जाने गरी भएको सहमतिको जगमा यो सरकार बनेको तपाईँहरूलाई थाहै छ ।’’

आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहना अनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । 

आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिलेभन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए ।

अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षा गर्दै केही दलहरूले  निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेको  सिंहले पुन दोहोर्‍याए । 

कार्यक्रम बागमती प्रदेशका मन्त्री द्वय हरिप्रभा खड्गी र सुरजचन्द्र लामिछानेको पनि सभागिता रहेको थियो ।

सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्त्वपूर्ण माध्यम भए पनि दुरुपयोग भइरहेको र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएको भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार