२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मनसुनी वायुको प्रभाव देशभर

मौसम पूर्वानुमान महाशाखा भन्छ : ' केही प्रदेशमा भारी वर्षाको सम्भावना '

सोमवार , श्रावण २१, २०८१

 

काठमाडौँ, साउन ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू(भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली  रही सबै प्रदेशका केही स्थानहरूमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार