२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हैजा सङ्क्रमण गम्भीर बन्दै 

देशभर २५ जनामा हैजा  : विज्ञको सुझाव - ' बच्न सरसफाइमा ध्यान दिऔँ  '  

शनिवार , श्रावण १९, २०८१

 

काठमाडौँ, साउन । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिन अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । 

पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । 

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । 

हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार