२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय भन्छ

डेङ्गी रोगको सङ्क्रमण गम्भीर बन्दै : ' देशभर दुई हजारभन्दा बढी '

बिहिवार , श्रावण १७, २०८१

काठमाडौँ, साउन ।  देशभर दुई हजारभन्दा बढीमा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गी देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । 

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गी रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए । 

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको जनाइएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार