२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेकपा एकीकृत समाजवादी 

बरिष्ठ नेता खनालले भने  : " संविधान संशोधन गर्ने सहमति मान्दैनौं "

शनिवार , श्रावण १२, २०८१



काठमाडौँ, साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमति मान्य नहुने बताएका छन् । 

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले सत्तारुढ पार्टीले सत्ता स्वार्थका लागि गरेको सहमति स्वीकार्य नहुने बताएका हुन् ।

समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको भनिएको सुनिएको उल्लेख गर्दै उनले त्यस्तो गर्न लागिए विरोध गर्ने बताए । 

संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरूले खेलाँचीको विषय बनाउन नहुने पनि उनले सुझाव दिए ।

‘अहिलेसम्म यी दुई वटा पार्टीले गरेको तथाकथित सहमति खै कहाँ आयो त यो ? संसद्मा पनि ढाँटिएको छ हेर्नुस्, संसद्मा त्यसको हस्ताक्षर गरिएको पत्र किन प्रस्तुत गर्न सकिएन ? ती पार्टीहरूले किन गर्न सकेनन् ? किन लुकाइरहेका छन् ती कुरा ? कसैले ९ बुँदे भन्दैछन् । 

९ बुँदे हो कि १५ बुँदे हो कि ? के थाहा हामीलाई ? खै सही गरेको सहमती पत्र ? हामी त्यो चाहन्छौ,ु खनालले भने, ुके मा संशोधन गर्ने ? यो संविधानसभाले बनाएको संविधान हो । कसैको निगाहले बनाइएको होइन । दुई वटा पार्टीले मात्रै बनाएको पनि होइन । 

संविधानसभाको म्यान्डेटलाई अभिव्यक्ति नगर्ने कुनैपनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन । संविधान संशोधन यस्तो खेलाँची खेल होइन । दुईवटा पार्टीले आफ्नो सत्ता स्वार्थका लागि यस्तो गट्टी खेल गर्नुहुन्छ ?

संसद्मा समानुपातिक प्रतिनिधित्व अन्त्य गर्नका लागि संविधान संशोधन गर्न लागेको खनालको भनाइ थियो । त्यसको विरोधमा देशभर विरोध हुने पनि उनले बताए ।

विभिन्न समूह, जाति, समूह, क्षेत्र आदिलाई प्रतिनिधित्वका लागि हामीले ल्याएको यो समानुपातिक प्रणाली हो ।  समानुपातिक प्रणालीले कमजोर, साना, पीछडिएका समूहरूको हितलाई प्रतिनिधित्व गरिरहेको छ,' उनले भने 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार