काठमाडौँ, साउन । सरकार आम नागरिकको चाहना अनुसार नैसंविधान संशोधन गर्ने उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरू विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए ।
उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताए । उनले संघीयताको मर्म र भवनाअनुसार कानूहरू बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए ।
उनले भने, ‘खासगरी हामीले प्रथम संविधान सभा भन्नुस्, दोस्रो संविधान सभा यो खासगरी कांग्रेसकै नेतृत्वमा अहिलेको नयाँ संविधान जारी गरेका हौँ ।'
'संविधान जारी गर्दाखेरी यो संविधानको विशेषता के हो भन्दा एउटा प्रोसेस पूरा गरेर कुनै त्यो संविधानमा उल्लेखित जुन दफाहरू छन्, ति दफाहरू परिवर्तन गर्न विधि, प्रक्रिया पूरा गरेर त्यसलाई समयको माग, जनताले चाहे अनुसार हुन्छ ।'
उनले जनताको चाहना पूरा गर्नका लाग कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए ।
उनले युवाहरू रोजगारीको खोजिमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताए ।
उनले भने, ' सार्वभौम सत्ता जनतामा निहित हुनेकुरा र राष्ट्रियताको बारेमा बाहेक अरु सबैमा संशोधन गर्नसक्ने प्रावधान भएकाले यो समयको माग बमोजिम हामीले संविधान जारी गरिसकेपछि पनि आम निर्वाचन भएका छन् ।'
'अभ्यासमा संघीयताको मर्म र भवनाअनुसार संघीय संसद बनाउन पनि संविधान, कानूनहरू हामीले समयमा बनाउन नसकेको कारणले हो की के हो, तीन तहको सरकारको पूर्ण रुपमा तीन तहकै सरकारहरू अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था आउने थिएन ।'
उनले अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार जनताको चाहना अनुसार जनअपेक्षलाई पूरा गर्न बनेको बताए ।