२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

संसदीय दलको बैठक भोलि  :  'प्रधानमन्त्रीलाई विश्वासको मतबारे छलफल हुने '

शनिवार , श्रावण ५, २०८१

 


काठमाडौँ, साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि आईतबार बस्ने भएको छ ।  प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ अर्थात भोलि आईतबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूचि छ । 

 नेपाली प्रतिनिधिसभामा बिश्वासको मत दिनेबारे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । 

गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार