२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस - एमाले सहमति

मन्त्री दाहालले भने  : " २ वर्ष ओली,  बाँकी कार्यकाल देउवा प्रधानमन्त्री "  

'कांग्रेस - एमालेका बीचमा भएको सहमति लुकाइएको छैन '

बिहिवार , श्रावण ३, २०८१

 

काठमाडौँ, साउन । पछिल्लो राजनीतिक समीकरणसँगै प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइर्एको छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले इन्जिनियर दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा  सो कुरा बताएका हुन । 

 सो अवसरमा  मन्त्री दाहालले  भने, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्नेछन । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा भएको सहमतिका आधारमा संसद्को बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।

कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको पनि मन्त्री दाहालको दाबी थियो । 

मान्छेहरूमा केही आशावादिता पलाएको देखेको छु । त्यो कोही प्रधानमन्त्री वा मन्त्री भएर पनि होइन,  अब स्थायित्व आउने भयो भनेर उत्साह आएको हो, उनको भनाई थियो । 

शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ । यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ, उनको भनाई थियो ।  

कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने,ु मन्त्री दाहालले भने, ुहामीले एउटा प्रतिबद्धता गरौँ भनेर दुईवटा ठूला दलहरू र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । 

अघिल्लो दुई वर्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ ।ु

मन्त्री दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन खोजिएको बताए । यो सरकार र गठबन्धन सफल बनाउन लागिपरेको उनको भनाइ थियो । वर्तमान गठबन्धनलाई असफल हुने छुट नभएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार