२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 देशभरको मौसम

मौसम विज्ञान विभाग भन्छ  : "   छ प्रदेशमा वर्षाको सम्भावना "

मंगलवार , श्रावण १, २०८१

 

काठमाडौँ , साउन ।  हाल देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार