२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

 प्रधानमन्त्री दाहालले  भने  : "  कांंग्रेस- एमाले मिलेको होईन, मिलाईएको हो "

' पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्ने '

शुक्रवार , आषाढ २९, २०८१


काठमाडौँ, असार । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्ने आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्य मुलुकहरूमा यस्तो नहुने उल्लेख गर्दै अहिले कांग्रेस र एमालेले गरेको सहमति अनौठो भएको उल्लेख गरे ।   

पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाड समेत गर्न खोज्दै हुनुहुन्छ । 

तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ?  त्यसको हिसाब नेपाली जनताले राखेका छन् ।

उनले कांग्रेस एमाले आफैं नमिलेको दाबी गरे । कांग्रेस(एमाले आफैं मिलेका होइनन् । तपाईंहरूलाई कसैले मिलाएको हो ।

अहिले राष्ट्रिय सहमतिको बर्को ओड्नुभएको छ । राष्ट्रिय सहमति लुकेर हुँदैनु प्रधामन्त्री दाहालले भने ।

उनले कांग्रेस र एमाले सुशासनको डरले गर्दा मिलेको दाबी गरे । पहिलो र दोस्रो ठूलो दललाई आदर्शले जोडेको भए ठीकै हुन्थ्यो तर डरले जोड्यो । सुशासनकोको डरले तपाईंहरूलाई जोडेको होु प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार