२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज देशभरको मौसम 

मौसम विभाग भन्छ :  ' केही प्रदेशमा भारी वर्षाको सम्भावना '

बुधवार , आषाढ २७, २०८१

 

काठमाडौँ, असार । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशका एक / दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक / दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश,वाग्मती,लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार