काठमाडौँ, असार । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो ।
महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्य मात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय लिएको बताएको छ ।