काठमाडौँ, असार । बिगत केही दिनदेखि निरन्तर हुँदै आएको अबिरल बर्षा आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।
विभागका अनुसार, न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।
मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म केही कम हुने जनाएका छन ।
आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ,' उनले भने ।
आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए ।
उनका अनुसार मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।