२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 " राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भयो "  :   मन्त्री शर्मा

'समाज भ्रष्टीकरणमा गइरहेको छ'

बिहिवार , आषाढ १४, २०८१



काठमाडौँ, असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्च्याउने स्थिति सिर्जना भएको बताएकी छन । 

बिहीबार काठमाडौँमा नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । 

उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताएकी छन ।  उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरेकी छन । 

उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताएकी छन । उनले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनुपर्नेमा जोड दिएकी छन ।  

उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताइृन । उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताएकी छन । 

उनले भनिन्, ‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मूल नीति, माउ नीति नसच्चिएसम्म नसुध्रीकन अरू तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन ।’’ 

उनले राजनीतिलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा सबैले घोत्लिएर सोच्नुपर्ने समय आएको बताईन । 

अहिले समाज जुन ढङ्गले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दैछ’, उनले भनिन्, ‘सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरूले प्रेरित गर्नुपर्ने हुन्छ ।’’ 

मन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई  केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताएका छन । 

अहिले सूचना र प्रविधिको युग भएकाले साहित्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार