२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विपद् व्यवस्थापन प्राधिकरण

पछिल्लो २४ घण्टा  : "  विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता "

बुधवार , आषाढ १३, २०८१

 

काठमाडौँ, असार । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् ।

प्राधिकरणका प्रवक्ता उपसचिव डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए । उनले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी दिए । 

प्राधिकरणबाट बुधबार साँझ प्राप्त विवरण अनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । एक घाइते छन् ।

डा भट्टराईले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको बताए ।

प्राधिकरणका अनुसार विपद्ले आज ओखलढुंगा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार