२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चार जना स्रष्टालाई पारिजात सम्मान

बुधवार , फाल्गुण ३०, २०८०

काठमाडौँ, फागुन।पारिजात स्मृति केन्द्रले नेपाली भाषा,साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान गर्नुभएको चार जना श्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ ।

साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्तीको अवसरमा पारिजात बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा. डा. धु्रव घिमिरे, पारिजात कला सम्मानबाट  गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरिएको  पारिजात स्मृतिकेन्द्रद्वारा  आज यहाँ आयोजित कार्यक्रममा  जानकारी दिइएको हो । केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठका अनुसार  आगामी वैशाख ५ गते पारिजात स्मृति दिवसका अवसरमा ती सम्मान प्रदान गरिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार