२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 प्रधानमन्त्री दाहाल - प्रबुद्ध व्यक्तित्व छलफल

प्रधानमन्त्रीसँग शैक्षिक क्षेत्रका प्रबुद्ध ब्यक्तिले भने : "त्रिविमा भागबण्डा नगर्नुस् "

'देश बनाउने जिम्मा हामी सबैको हो ':  प्रधानमन्त्री दाहाल

बुधवार , माघ १०, २०८०

 

काठमाडौँ, माघ ।  देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । 

उनले भने, 'अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्छ ।' 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्राध्यापक केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा. विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा. कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका उनको सचिवालयले जनाएको छ ।

उनले देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरु केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखि कै सोँच रहँदै बताएका थिए । 

विश्व विद्यालयमा राजनीतिक भागबण्डा गर्नुहुँदैन भनेर विगतको परम्परामा 'ब्रेक थ्रु' गर्न आफू लागिरहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसमा बौद्धिक समुदायको साथ र सहयोगको खाँचो रहेको बताए ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताए । 

उनले आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

छलफलमा डा. केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा।विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितले प्रधानमन्त्री दाहालले हालै विश्वविद्यालयमा भागवण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरुको पुर्नसंरचना गर्नेगरी सुधार थाल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार