२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चलचित्र भवनमा चौथो सातामा चल्दै  - ‘दिमाग खराब’

बुधवार , मंसिर २०, २०८०

काठमाडौँ,  मङ्सिर । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाउनुभएका निर्देशक निश्चल बस्नेत निर्देशन गर्नुभएको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ । 

गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले दिनुभयो । 

“चलचित्रलाई दर्शकले नै सिफारिस गर्नुभएपछि चलचित्र सफल भएको हो । यसको घरेलु व्यापारसँगै विदेश भइरहेको प्रदर्शनले हामी खुसी छौँ”, निर्माता कँडेलले भन्नुभयो । 

निर्देशक बस्नेतले आममानिस र शक्तिमा रहेको मानिसबीचको भिन्नतालाई चलचित्रमा देखाउने कोशिस गरेको जानकारी दिनुभयो । 

“म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भन्नुभयो, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । 

यसपटक पनि त्यहीँ प्रयास गरेँ । देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ ।”

उहाँले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतार चढावलाई देखाइएको बताउनुभयो । 

चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार