२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतमा बिधानसभा निर्बाचन 

चारमध्ये तीन राज्यमा भाजपाको  बहुमत  : "  मोदी नेतृत्वको जित "

  भाजपाको मुख्यालयमा खुशीयाली

सोमवार , मंसिर १८, २०८०

 

काठमाडौँ, मंसिर ।  भारतमा  चार  राज्यमा भएको बिधानसभा  निर्वाचनमा भारतीय जनता पार्टीले अग्रस्थानमा छ । चारमध्ये तीन ओटा राज्यमा भारतीय जनता पार्टी भाजपाले जित हासिल गरेपछि अहिले भाजपाको मुख्यालयमा नेता कार्यकर्ताले खुशीयाली मनाएका छन् । 

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाले ठूलो सफलता हासिल गरेपछि भाजपाको मुख्यालय दिल्लीमा खुशीयाली छाएको हो । 

उक्त खुशीयालीमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका छन् । उनले यो चुनावमा देशलाई जातिमा बाँड्ने खुवै प्रयास भएको भन्दै देशमा चार जाति मात्रै रहेको स्पष्ट पारे । 

उनले भन्दै आएको नारी शक्ति, युवा शक्ति, किसान र गरिब परिवार गरी चार जातिमात्रै रहेको स्पष्ट पारेका हुन् । यी चार जातिलाई सशत्तः बनाउँदा मात्रै देश सशक्त हुने मोदीको जिकिर छ ।

उनले कार्यकर्तालाई सम्बोधन गर्ने भने, ‘आज पनि मेरो मनमा यही भावना आउँछ कि म आफ्ना माताहरु र दिदी बहिनीहरु र छोरीहरुको सामुन्ने युवा साथीहरु, किसान भाइहरुको सामुन्ने, गरिब भाइहरुको सामुन्ने नतमस्तक छु ।’

उनले आदिवासीहरु यसै वर्गबाट आउने भन्दै भाजपाको योजना र रोडम्यापलाई लिएर निकै उत्साही भएको मोदीको ठहर छ । 

मोदीले अगाडि भने, ‘आज हरेक गरिबले भनेका छन् कि उनीहरुले आफैँले चुनाव जिते । हर किसान र आदिवासी भाइबहिनीहरु यही सोचेर खुशी छन् कि जसलाई भोट दिइयो उसकै जित भयो । 

पहिलो पटक मतदान गर्नेले भनेका छन् कि मेरो पहिलो मत जितको कारण बन्यो । यही जितमा महिलाले आफ्नो जित देखेका छन् ।’

मोदीले भाषण गर्दै भने, ‘आवाज तेलंगानासम्म पुग्नु पर्छ ।’ उक्त समारोहमा भाजपाका अध्यक्ष जेपी नड्डाले यो जित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावको हर रणनीतिको उपज भएको बताएका छन् । 

उनले भने, ‘यो उनको नेतृत्वको जित हो । यो चुनावले बताउँछ कि देशमा कसैको ग्यारेन्टी छ भने त्यो सिर्फ मोदीको मात्रै हो ।’

मोदीले यो जितले सन् २०२४ को निर्वाचनमा जितको ह्याट्रिक दिलाउने बताए । मोदीले दोस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहेका छन् । सन् २०२४ मा उनकै नेतृत्व रहने जितको आँकडाले बताएको छ । 

चार प्रदेशमध्ये राजस्थानमा भाजपाले बहुमत हासिल गरेको छ । गत निर्वाचन भन्दा भाजपाले ४४ सिट बढी जितेको छ । त्यहाँ कांग्रेस आईलाई ३९ सिट घाटा लागेको छ । त्यहाँ यसअघि कांग्रेसले सरकार बनाएको थियो । 

मध्यप्रदेशमा भाजपाले दुई तिहाईको जित हासिल गरेको छ । त्यहाँ पनि कांग्रेसलाई झड्का लागेको छ । 

छत्तीसगढमा भाजपाको ऐतिहासिक सफलता हो । यहाँ पनि कांग्रेसलाई झड्का लगाउँदै भाजपाले बहुमत ल्याएको छ । 

तेलंगाना भाजपाको सबैभन्दा कमजोर राज्य हो । तर त्यहाँ पनि गत चुनाव भन्दा भाजपाले सात सिट बढी जितेको छ । त्यहाँ कांग्रेसले बहुमत ल्याएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार