२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

शिक्षा बिधेयक बिरुद्धको आन्दोलन

सरकार- शिक्षक महासंघ सहमति  :  " संसोधन गर्ने सहमति, आन्दोलन फिर्ता "

सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने

शुक्रवार , आश्विन ५, २०८०

काठमाडौँ, असोज । संसदमा छलफलमा रहेको  शिक्षा बिधेयक बिरुद्ध बिगत ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज  सहमति भएको छ । 

गृह मन्त्रालय स्रोतले भन्यो,  संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको छ । संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । 

विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ ।

शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार