२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोशी प्रदेश सरकार 

मुख्यमन्त्री थापाले भने  :  " आगामी ३० दिनभित्र विश्वासको मत लिन्छौँ "

गठबन्धन दलबीच छलफल गरी मन्त्रिमण्डल विस्तार

बुधवार , श्रावण १७, २०८०


विराटनगर, साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन । 

शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पारे ।
 
उनले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न तथा रोकिएको बजेटलाई सदनमार्फत कार्यान्वयन गर्ने जस्ता मुख्य कार्य वर्तमान सरकारको रहेको बताए । 

मुख्यमन्त्री थापाले सरकारले आवश्यकता अनुसार मन्त्रालय थपघट गर्नसक्ने चर्चा गर्दै गठबन्धन दलबीच छलफल गरी सहमतिका आधारमा मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन विभिन्न चरणमा छलफल चलिरहेको बताउँदै वर्तमान सरकारलाई समर्थन दिएर दुर्घटनाबाट जोगाउने विश्वास व्यक्त गरे ।
 
मुख्यमन्त्री थापाले राप्रपाबाट वर्तमान सरकारलाई जनताका पक्षमा कार्य गर्नका लागि आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार