२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

‘बगान’ प्रदर्शनमा

शुक्रवार , आषाढ २९, २०८०

काठमाडौं, असार । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिनुभयो । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत निर्देशक बन्नुभएको हो ।

सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पु¥याउनु सर्जकको दायित्व रहेको निर्देशक खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।

उहाँले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि निर्देशक खनालले चलचित्रको स्वरूप दिनुभएको हो । म निर्देशकभन्दा पनि कथावाचक हुँ, यसमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरेको छु”, निर्देशक खनालले भन्नुभयो ।

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार