२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 पछिल्लो पाँच वर्षमा चट्याङ : ' ४१९ जनाको ज्यान गयो'

सोमवार , आषाढ २५, २०८०

काठमाडौँ, असार । पछिल्लो पाँच वर्षमा चट्याङका कारण ४१९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । 

प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् । 

सो अवधिमा चट्याङका कारण रु छ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा अनुमानित रु दुई करोड ७९ लाख ३४ हजार पाँचसय र सबैभन्दा कम कर्णाली प्रदेशमा रु २३ लाख ९२ हजार ४३० को क्षति पुगेको प्राधिकरणले जनाएको छ । 

लुम्बिनी प्रदेशमा रु ९२ लाख ३८ हजार  ३३०, बागमती प्रदेशमा रु ७९ लाख ८२ हजार, मधेस प्रदेशमा रु ५९ लाख ७९ हजार, गण्डकी प्रदेशममा रु ४९ लाख ३६ हजार पाँच सय र सुदूरपश्चिम प्रदेशमा रु २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति पुगेको छ ।

चट्याङका कारण मुलुकभर कूल ५७ वटा भौतिक पूर्वाधार क्षति पुगेको छ । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा ४ क्षति भएको छ । कोशी प्रदेशमा १४, कर्णाली प्रदेशमा सात, मधेस र बागमती प्रदेशमा छ÷छ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ ।

सो अवधिमा कूल तीन हजार १८७ वटा पशुचौपायाको क्षति पुगेको छ । जसमध्ये कर्णाली प्रदेशमा एक हजार पाँच सय चार, मधेस प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा ८४७, कोशी प्रदेशमा २८९, गण्डकी प्रदेशमा २६९, लुम्बिनी प्रदेशमा  १७१ र बागमती प्रदेशमा ७२ वटा पशुचौपायामा क्षति भएको छ ।
(((

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार