२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ललिता निवास जग्गा प्रकरण

थप ३ जना पक्राउ :   " सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान "

सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता

आइतवार , आषाढ १७, २०८०


काठमाडौं, असार । ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।

यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।

सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार