२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'सुझाव कार्यान्वयन होस्' : अध्यक्ष रेग्मी

मंगलवार , आषाढ १२, २०८०

 

कामठमाडौँ, असार । लोकसेवा आयोगले सङ्घीय निजामती ऐन सदनबाट यथाशीघ्र पारित गर्ने व्यवस्थाका लागि समन्वय र सहजीकरण गरिदिन संसदीय समितिसँग आग्रह गरेको छ ।
 
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा आयोगका अध्यक्षसहितका पदाधिकारीले समावेशी प्रतिनिधित्वसम्बन्धी नीतिमा सुधार र पुनरावलोकन हुन आवश्यक रहेकाले आवश्यक समन्वय र सहजीकरणका निम्ति आग्रह गर्नुभएको हो ।

निजामती ऐनका सन्दर्भमा थारु कल्याणकारिणी सभाद्वारा उठाइएको प्रश्नमा अदालतले नौ महिनाभित्र कानून बनाउन आदेश गरेको हुँदा निर्धारित समयभित्र कानून तर्जुमा नभएमा पर्नेसक्ने अप्ठेरोबारे पनि आयोगका तर्फबाट समितिलाई जानकारी गराइयो । 

निजामती सेवामा समावेशी प्रतिनिधित्वको विषयमा १० वर्षमा पुनरावलोकन गर्ने प्रावधान भए पनि हालसम्म सो हुन नसकेको बारे पनि आयोग पदाधिकारीले समितिलाई बताउनुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले निजामती सेवामा सुधारका विषयमा सरकारलाई दिएको सुझावमा नीतिगत एवं कार्यविधिगत सुधार हुनसकेमा सार्वजनिक प्रशासनलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार