२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालमा पनि मनाईयो ‘सेल्फी विथ डटर’ दिवस 

शुक्रवार , जेठ २६, २०८०

 

काठमाडौं, जेठ ।  नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ ।  कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि, छात्राहरू लगायतको उपस्थिति रहेको थियो । 

भारतबाट सुरू भएको सेल्फी विथ डटर अभियान नेपालमा पनि आजकै दिन ३ वर्ष अगाडि सुरू भएको थियो । भारतमा पनि एक कार्यक्रम गर्दै सेल्फी विथ डटर दिवस मनाइएको छ । 

विश्वकर्मा स्किल युनिभर्सिटीले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा हरियानाका मुख्यमन्त्री मनोहर लाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । यस बाहेक सेल्फी विथ डटर अभियानका सुरूवातकर्ता सनिल जगलानको समेत उपस्थिति थियो । यस बाहेक नेपालबाट पनि ९० भन्दा बढी व्यक्ति तथा संस्थाको सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि हरियाणाका मुख्यमन्त्री मनोहर लालले छोरीहरूलाई छोराको समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले अपाङ्गता भएका छोरीहरुलाई पनि समाजमा सफल हुन समान अवसर दिनुपर्ने उनले बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै विक्रम श्रेष्ठले लैङ्गिक समानताको मूल्यलाई जोड दिँदै छोरीहरूलाई आफ्ना आकांक्षाहरू पछ्याउन र सबै मानिसहरूलाई न्यायोचित व्यवहारको लागि लड्न आग्रह गरे । 

यस्तै सुनिल जगलानले अपाङ्गता भएका छोरीहरूलाई समावेश गर्न जोड दिदै सहभागीहरूलाई उनीहरूको माया र समर्थन देखाउन उनीहरूसँग सेल्फी खिच्न आग्रह गरेका थिए । 

कार्यक्रममा सेल्फी विथ द डटर अवार्ड २०२३ रिदम शर्मालाई प्रदान गरिएको थियो । सो कार्यक्रममा ‘बेटी बचाउ र बेटी पढाउ’ अभियानको सन्देशमुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । 

‘सेल्फी विथ डटर’ दिवसको तेस्रो वार्षिकोत्सवको अवसरमा, नेपाल इन्टरनेट फाउन्डेसनले लैङ्गिक समानता र विशेष गरी अपाङ्गता भएका सबै छोरीहरूको सशक्तिकरणमा सधै जोड दिएको छ । 

नेपालमा पनि सेल्फी विथ डटर अभियान सफल भएको छ । सेल्फी विथ डटर ह्यासट्यागमा टिकटकमा राखिएका भिडियोलाई मात्रै १८ मिलियन भन्दा बढी भ्युज प्राप्त भएको छ ।


छोरीलाई सफल बनाउन र अगाडि बढ्नको लागि समान अधिकार र अवसरहरू सिर्जना गर्न सँधै तयार रहेको समेत फाउन्डेसनले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार