२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बझाङ हिमपहिरो  

तीनजना पहिरोमा परे :  " एक जनाकाे शव भेटियो, दुई अझै बेपत्ता "

आइतवार , जेठ ७, २०८०

बझाङ, जेठ ।  सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा आएको हिमपहिरोमा परेका एक जनाको शव फेला परेको छ । 

हिमपहिरोमा पुरिएको अवस्थामा सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहराको शव फेला परेको हो । 

यस्तै हिमपहिरोमा परेर उनका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका वडा नं ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएको प्रहरीले जनाएको छ । 

हिमपहिरोमा मयाना गाउँकै १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन । 

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरु पुरिएका थिए । पहिरोमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइए पनि घटनास्थल पुग्न सकेको छैन । प्रहरी टोली भोलि सोमबारमात्रै घटनास्थल पुग्ने डीएसपी भण्डारीले बताए ।

घाइतेलाई उपचारका लागि बोकेर सदरमुकाम चैनपुर ल्याउने काम भइरहेको र मृतकको शव पनि पोष्टमार्टमका लागि सदरमुकाम ल्याइँदै गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार