२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चितवन राष्ट्रिय निकुञ्ज 

सात वर्षमा ३० बाघ मरे : 'आहाराको खोजीमा एकापसमा जुधेर मृत्यु' 

मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी,आठको पहिचान नखुलेकाे

शनिवार , बैशाख २३, २०८०


चितवन, बैशाख । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्  । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ । 

उनका अनुसार मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँचवटा कारण नखुलेको पाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत भेटिएको थियो । 

आव २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा छ वटा बाघ मृत भेटिएका थिए । चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ । सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताएका छन ।  

निकुञ्जको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन् । यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार