२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जिल्ला प्रशासन  भन्छ

काभ्रेपलाञ्चोक पछिल्लो तीन महिना : 'नागरिकताभन्दा राहदानी बनाउने बढी'

बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण

बिहिवार , चैत्र ९, २०७९

 

काभ्रे, चैत । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ ।जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।  दिनहूँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गत फागुनमा  ७२८ जनाले नागरिकता लिएका थिए भने दुई हजार  २८९ जनाले राहदानी लिएका थिए ।  यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन् । 

यस्तै गत माघमा राहदानी लिनेको सङ्ख्या एक हजार  ४७९ जना रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  यसैगरी प्रतिलिपि नागरिकता  ६१३ जनाले र राष्ट्रिय परिचयपत्र दुई सय हजार ८१ जनाले लिएका छन् । 
     
गत पुसमा  ७६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार  ७७१ जना छन् । राष्ट्रिय परिचय पत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन ।

 जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार